मुस्कान-जीवनको ‘प्रारम्भ ‘ भव्य लोकार्पण

0
593

आजकोकुरा:आश्विन २१ काठमाण्डौ ! आज उदयमान गायक मुस्कान मुकारुङ्ग तथा चर्चित गीतकार जीवन मुकारुङ्ग सहकार्यको गीतिसंग्रह ‘प्रारम्भ’ नेपालि साहित्यकार,संगीतकार,संचारकर्मी तथा कला/संगीतप्रेमिहरुको बिचमा राजधानीको हार्दिक होटेल बागबजारमा भव्य लोकार्पण भएको छ !
आजभन्दा लगभग २० वर्ष अघिदेखि गीत लेखनमा सक्रिय तथा सयौ गीत लेखिसकेका चर्चित गीतकार जीवन मुकारुङ्ग हुन् भने आशावादी उदयमान गायक मुस्कानको पहिलो सांगीतिक कोसेली हो !
बिमोचन कार्यक्रमको शुरुवात दुइ वटा म्युजिक भिडियो बाट गरिएको थियो ,जसमा प्रारम्भ एल्बममा समावेश ‘चियाबारीको ‘,र अर्को एल्बम भन्दा बाहिरको वरिष्ट गायक/गीतकार दिलेन्द्र मुकारुङ्गको शव्द अशोक मुकारुङ्गको स्वरको ‘यो माया कसलाई ‘भन्ने गीत रहेको थियो !
आजको यस ‘प्रारम्भ’ गीतिसंग्रह बिमोचनमा प्रमुख अतिथि वरिष्ट साहित्यकार बैरागी काइला थिए भने अन्य अतिथिहरुमा वरिष्ट गायिका कुन्ती मोक्तान, वरिष्ट गायक/संगीतकार बुलु मुकारुङ्ग,वरिष्ट गीतकार तथा गीतकार संघ अध्यक्ष चुडामणि देवकोटा लगाएत रहेका थिए ! सवैको हातबाट एल्बम बिमोचन गरिएको थियो !
उक्त पारम्भ एल्बममा चियाबारीको,रोधी घरको गौथलीले,दौरा सरि फाट्यो जीवन,हिमाल जस्तो तिम्रो माया र हिड्दा हिड्दै गरि ५ वटा गीत समेटिएको छ ,जुन एल्बममा बसन्त मुकारुङ्ग,सुमन राइ,पारस मुकारुङ्ग,भिषण मुकारुङ्ग र कमल रसाइलिको संगीत रहेको छ !
उक्त बिमोचन कार्यक्रममा प्रमुख अतिथि,अतिथिहरुको हातबाट सवै एल्बम संग सम्बन्धित श्रस्टाहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो !
आजको अतिथि वरिष्ट गायिका कुन्ती मोक्तानले आफ्नो गायन चेला समेत रहेको मुस्कानलाई ‘आफ्नै छोरा सरह ठान्दै खुशी व्यक्त गर्न नसकिने भन्दै घमण्ड रहित गायन यात्रामा अघि बढे भविष्य निश्चित छ ,घमण्डलाइ सहि ठाउमा लाउनु भन्ने सुझाव दिदै बधाई तथा शुभकामना दिए !

यसैगरी ‘मुस्कान आशालाग्दो गायक हो ,भविष्य छ ‘ भन्दै शुभकामना तथा बधाई प्रमुख अतिथि ,अतिथिहरुले दिए !

कार्यक्रममा स्वागत मन्तव्य यो वर्षको रेडियो नेपाल बालगीत सर्वोकृष्ट गीतकार /कवि टिका चामलिंगले गरेका थिए भने कार्यक्रम संचालन नर्श भट्टराइले गरेका थिए !
कार्यक्रमको आयोजना नेपालि वाङ्ग्मय परिषद र सेवा इण्टरटेन्मेण्टले गरेको थियो !

LEAVE A REPLY