सीके राउत राैतहटकाे गौरबाट पक्राउ

0
41
OLYMPUS DIGITAL CAMERA

आजकोकुरा:आश्विन २१ राैतहट ! राष्ट्रियता विरोधी गतिविधि तराई मधेसमा सञ्चालन गर्दै आएका स्वतन्त्र मधेस गठबन्धनका अभियन्ता डा सीके राउत राैतहटकाे गौरबाट पक्राउ परेका छन् ।

उनका साथमा अरु २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले संचारकर्मीलाई जानकारी दिएका छन् ।

राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतबार साढे ४ बजे गौरबाट पक्राउ गरिएको जानकारी दिँदै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको एसपी ढकालले बताए ।

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन जाने क्रममा राउत पक्राउ परेको बताइएको छ ।

LEAVE A REPLY