अध्यक्षद्वयको कार्यव्यस्तताको कारण भोलि बिहान ८ बजे सम्मको लागि नेकपाको बैठक स्थगित

0
33

आजकोकुरा:आश्विन २१काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक नेताहरुको कार्यव्यस्ततालाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले अध्यक्षद्वयको कार्यव्यस्तताको कारण भोलि बिहान ८ बजे मात्रै बैठक बस्ने जनाएको छ ।
पार्टी एकता भएको साढे चार महिना भइसकेको ,तर, नेकपाले तल्लो तहसम्म एकता गर्न सकेको छैन । सचिवालय भित्रै पनि मर्यादाक्रम नमिलेको भन्दै नेताहरुबीच नै ठुलो विवाद छ । अझ विशेष गरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले झनै निकास लिएको छैन ।
नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् । नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहेका बेला यही असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । यी नै विषयलाई लिएर नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

LEAVE A REPLY