नेविसंघको विधान विषयको विवादले काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

0
40
g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s g]kfnL sfFu|];sf] kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f, /f;;

आजकोकुरा :आश्विन १९काठमाण्डौ । नेपालि काँग्रेसका शीर्ष नेताहरुबीच नेविसंघको विधान कस्तो बनाउने ?भन्ने विषयमा विवाद भएपछि आजका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठक रोकिएको छ ।

काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण पौडेलले विशेष कारणबस आजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अब असोज २१ गते बस्ने गरी स्थगित भएको जानकारी गराएतापनि , काँग्रेस नेताहरुका अनुसार नेविसंघको विधानमा भएको विवादका कारण केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो ।
नेविसंघमा नयाँ नेतृत्व चयनका लागि १२ औं अधिबेशन आगामी कार्तिक १६ गतेबाटबाट सुरु हुदैछ । त्यसअघि नेविसंघ केन्द्रीय समितिले तयार पारेको विधान निर्देशक समिति हुँदै पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ ।
नेविसंघमा खासगरी ३२ वर्षे प्रावधान राख्ने कि नराख्ने भन्नेमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षबीच गहिरो बिबाद रहेको छ ।
नेविसंघले सर्वसम्मत पारित गरेको उक्त अधिवेशन तालिकासहितको विधान निर्देशक समितिमा छलफलका क्रममा विवाद भएपछि समिति अनियन्त्रित बनेको हो ।

नेविसंघले पारित गरेको विधानमा ३२ वर्षे हदम्यादको विषय नसमेटिएको निर्देशक समितिको बैठकमा नेताहरु गुरु घिमिरे र किशोर सिंह राठोरले ३२ प्रावधानको प्रशंग निकालेका थिए भने पौडेल पक्षका विद्यार्थी नेताहरुले ठाडै अस्वीकार गरेका थिए ।

यसअघि पनि काँग्रेस सहमहामन्त्री डा. प्रकासशरण महत नेतृत्वको नेविसंघ हेर्ने निर्देशन समितिले नेविसंघको नयाँ विधान र नियमावली पारित गर्न बोलाएको बैठकमा पौडेल र सिटौला पक्षले ३२ वर्षे हदम्याद कुनै हालतमा नमान्ने चेतावनी दिदै आएका थिए ।

यसैगरी पौडेल पक्षका केन्द्रीय सदस्य तथा १२ औं अधिबेसनमा अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा आएका मोती भण्डारीले अध्यक्ष महरले विजय गच्छदार समूहलाई समेत मिलाउने गरि पारित विधान विपरित थप १५ जना केन्द्रीय सदस्य मनोनयन गरेर उल्लंघन गरेको आरोप समेत लगाए ।

यसैबीच नेविसंघ विवादमा काँग्रेस महामन्त्री शशांक कोइराला पनि पौडेल र सिटौला पक्षको माग बमोजिम विधान अनुमोदन गर्ने पक्षमा रहँदै कोइरालाले नेविसंघको विवाद नसल्टयाएसम्म केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने चेतावनी देउवालाई दिएको र शुक्रबारको बैठक आगामी सोमबारलाई बोलाएको कोइराला निकट एक नेताले संचारकर्मीलाई बताएका छन् ।

 

LEAVE A REPLY