प्रधानमन्त्री केपी ओली आज बिहीबार स्वदेश फिर्ता

0
33

आजकोकुरा :आश्विन १८ काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी भएर प्रधानमन्त्री केपी ओली आज बिहीबार अपरान्ह पौने ४ बजे कतार एयरलायन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । प्रधानमन्त्रीलाइ सभामुख कृष्णबहादुर महरा,राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना,रक्षामन्त्री ईश्वर पोखरेल,नेकपाका नेता सुवास नेम्बाङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
गत असोज ६ गते प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएको र त्यहाँ रहँदा प्रधानमन्त्री ‌‌ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेका थिए ।

LEAVE A REPLY