मालपोत,नापी,जिल्ला प्रशासन लगायतका कार्यालयमा सबैभन्दा बढि भ्रष्टाचार हुने गरेको छ :अख्तियार दुरुपयोग अनुसन्धान आयोग

0
101

आजकोकुरा :आश्विन १८ काठमाडौँ ।जनताको सबैभन्दा बढि काम पर्ने निकाय भनेको मालपोत,नापी,जिल्ला प्रशासन लगायतका कार्यालयमा सबैभन्दा बढि भ्रष्टाचार हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीन घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यही खुलासा गरेका छन् ।

समितिको बैठकमा अख्तियार प्रमुख नविनकुमार घिमिरले जनताको प्रत्यक्ष सम्बन्ध जोडीएका सरकारी कार्यालयहरुमा भ्रष्टचारको अवस्था निकै भयावह रहेको चित्र प्रस्तुत गर्दै उनले भ्रष्टाचारको शैली फेरिएकोले अनुसन्धानमा कठीनाइ भइरहेको पनि वताए ।

उक्त बैठकमा सांसदहरुले बढिरहेको भ्रष्टाचारबारे ध्यानाकर्षण गराएका थिए ।जसमा संघीयताले तल्लो तहमा अधिकार पुगेपनि भ्रष्टचार पनि सँगै पुगेको सांसदहरुको तर्क थियो । आयोग स्वयंले जनताकै प्रत्यक्ष सरोकारका सरकारी कार्यालहरुमा धेरै भ्रष्टाचार भइरहेको अनुभव गरेको छ ।

LEAVE A REPLY