प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह ३ बजे काठमाडौं आईपुग्दै

0
82

आजकोकुरा :आश्विन १८ काठमाडौँ ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह ३ बजे काठमाडौं आईपुग्दै छन् । प्रधानमन्त्रीको निजी सचिवालयले जनाए अनुशार प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल अपरान्ह ३ बजे त्रिभुवन विमानस्थल ओर्लने छन् ।प्रधानमन्त्री ओली सहितको टोली गत असोज ६ गते न्युर्याेक गएको थियो ।

प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन पछि ओलीले कोष्टारिकाको भ्रमण गरे र कोष्टारिकाको शान्ति विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपतिसंग शिष्टाचार भेट गरेका थिए ।
उक्त महासभाका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, अमेरिका, क्यानडा, बेलायत, स्विटजरल्याण्ड, कोलम्बिया, कम्बोडियाका सरकार तथा राष्ट्र प्रमुखसँग आपसी हितबारे चर्चा गर्दै नेपालको पछिल्लो राजनीतिक उपलब्धिबारे जानकारी गराउंदै विकासमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
नेपालमा प्राप्त लैङ्गिक समावेशीताको उपलब्धि, आर्थिक लगानीका लागी नेपाल खुला रहेको विश्व समुदायलाई प्रधानमन्त्रीले विभिन्न फोरममा गरेका सम्बोधन मार्फत सन्देश दिएका छन् ।

LEAVE A REPLY