लीलाराज दाहालको एक गजल

0
183

आजकोकुरा :आश्विन १८काठमाण्डौ ! आजकोकुरा डटकमले नेपालि साहित्यको सम्ब्रिद्दिको लागि साथै साहित्यकारको लेखनको सम्मानको निम्ति साहित्य लेखन प्रकाशनमा विशेष-विशेष स्थान प्रदान गर्दछौ !आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार प्रकट गर्दै यहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा शौभाग्य ठान्दछौ !
आज यसरि नै बागमती ११,कर्मैया,सर्लाहीका गजलकार लीलाराज दाहालको एक गजल आजकोकुरा डटकमबाट !

गजल
-लीलाराज दाहाल

रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ
नभए अन्न बाली धेरै कुरा बिग्रन्छ ।

भोकले बालुवा खाएका नानीलाई
नगरी बसे गाली धेरै कुरा बिग्रन्छ ।

चरा बसाईं सर्छन निराशाको जंगल
उजाडिए डाली धेरै कुरा बिग्रन्छ ।

धनीहरुले होइन गरीबहरुले मात्रै
चढनु परे उकाली धेरै कुरा बिग्रन्छ ।

कतै जातका नाउँमा कतै धर्मका नाउँमा
बाँडिए भने नेपाली धेरै कुरा बिग्रन्छ ।

LEAVE A REPLY