‘ भोकाएको कुर्सि ‘ -राजबाबु श्रेष्ठ ‘सागर’

0
293

आजकोकुरा:आश्विन १२ काठ्माण्डौ !
नेपालि साहित्यको सम्ब्रिद्दिको लागि साथै साहित्यकारको लेखनको सम्मानको निम्ति आजकोकुरा डटकमले साहित्य लेखन प्रकाशनमा विशेष स्थान प्रदान गरेका छौ !यसमा आफ्नो अमुल्य सिर्जनालाई हामि सामु कोसेलीकोरुपमा प्रदान गर्नुहुने साहित्यकारहरु प्रति आभार प्रकट गर्दै उहाँहरुको सिर्जनालाई प्रकाशन गर्न पाउँदा शौभाग्य ठान्दछौ !
यसै क्रममा सुन्दर कविता पठाउनुहुने महोत्तरी, गौशाला न. पा. वडा न. १ का कवि –राजबाबु श्रेष्ठ ‘सागर’को एक कविता आज यसरि आजकोकुरा डटकमबाट !

‘ भोकाएको कुर्सि ‘      –राजबाबु श्रेष्ठ ‘सागर’

 

अत्याचारको कालो पर्दा

चिरुँ जस्तो लाग्छ

कस्तो छ त त्यो कुर्सि हेर्न

विना अनुमतिको सिङ्गो दरबार

छिरुँ जस्तो लाग्छ ।

 

छिरें पनि एकदिन हुत्याउँदै

दमनको भित्तालाई लात्तले ठेल्दै

कस्तो छ त त्यो पावरको लस्सा

हेर्न मलाई कौतहूल थ्यो

चुइगम झैँ कुर्सिमा अनवरत टाँसिई रहने

गएर यसो के टुसुक्क बसेको थें फगत

म पनि टाँसिएकै टाँसिए भएँ त्यसरी

जसरी तत्कालिन टाँसिईरहन्थे त्यहाँ

हे भगवान ! ए मेरी बास्सै !

कत्राकत्रा उडुस रगत चपाउन नपाएर

दाँत उद्याएर बसिरहेका रहेछन् ।

 

मलाई पनि चुस्न सम्म चुसे

सक्दो चपाए मेरा रगतका हड्डीहरू

अनि हेर्दाहेर्दै रित्तिएँ छु अनि बनेछु म पनि

त्यही उडुसकै तेर्हदिने अंशियार दाजुभाइ

हो त्यसरीनै मैले पनि चुस्न र चपाउन थालें

आफ्नै देशका विकाशका चिउरा

मेरो यो स्वार्थको बङ्गराले ।

 

अग्रगामीको सपनाको नारा त

अझै पनि सिङ्गोदरबारको चौरमा

ब्याडमिन्टन खेल्ने खेलाडीको एडिडासको जुत्ताले

धुलोपिठो पारिरहेको रहेछ

जसको दृश्य दरबारको अग्लो पर्खालले

रतन्धो झैँ आँखामा ड्याम्मै छेकेको छ

हर्के, बिर्खे, काले र डम्बरेहरूको ।

 

झुपडीको सपनाको तूलमा त अझै पनि

लेखिदैं छ अग्रगामी प्रगतीका नाराहरू

चोकचोक र गल्लीगल्लीहरूमा

जसरी हिंजो लेखियाथे

आज पनि र भोलि पनि लेखिईरहने छ

भोकाएको बूढो कुर्सि अनि त्यसमा लुकेर बसेका

रगत चुस्न पल्केका उडुस न जलाउनुजेल

हाकिम फेर्नुको त कुनै विकल्प छैन

भन्छु म त ।

 

LEAVE A REPLY