यथार्थवादी तथा विचारसिल कवि चन्द्र रानाहँछाको एक स्वार्णिम कविता ‘छायाँरानी ‘

0
478

आजकोकुरा:आश्विन ११ ,काठमाडौं ।
यथार्थवादी तथा विचारसिल कवि चन्द्र रानाहँछा हुन् ! उनले छत्र- विस्णु राई कृषि सम्मान -२०७१,टेम्के तुवाचुङ साहित्य पुरस्कार – २०७२,जितासिँ श्रस्टा सम्मान -२०७४,बालाजित वसनलछ्मी साहित्य पुरस्कार -२०७४,रास्ट्रीय कविता महोत्सव २०७४ सर्वोत्कृष्ट पुरस्कार,युवा वर्स मोति पुरस्कार -२०७५ लगाएतका पुरस्कारहरु प्राप्त गरिसकेका छन् ! !
आज उनै युवा कवि रानाहँछाको एक स्वार्णिम कविता आजकोकुरा डटकममा !

छायाँरानी -कवि चन्द्र रानाहँछा
………….

रोइरहेछ दुखिया साँझ
बेसुरा
लतारिएर भुइँमा
र नरोउ भन्नलाई अब जून आउला
अर्पेला सान्त्वनामा शीतका केही थोपाहरु
र आफै रुँदै आकासिएला ।
यसर्थ –
शीत खस्नु पहिले
खसिदेउ न केशराशीबाट तप…तप…
छायाँरानी !
हामी बाटो लागौँ ।

अहो ! कस्तो अस्पटलाग्दो भिड यो
सास फेर्नै गाह्रो भो मलाई ।
यो निर्जन मरुभूमिमा
प्यास मेट्नै साह्रो भो तिमीलाई ।

बिर्सेको छैन मैले
भोकको शिविरसम्म पुग्ने गोरेटो ।
चौताराभरी फुटेका चुराका यी टुक्राहरु
या आमा पुकारेर रोइरहेका टुहुरा बच्चाहरु
अथवा ,
बटुवालाई नजुरेको नदिपारीको त्यो अपाहेक बास
अब यथास्थानमै छाड्नुपर्छ
र , टा…ढा … घाम झुल्केको गाउँमा
गाउँदागाउँदै कसैले छोडेको गीतको
विस्मृत गोहो पहिल्याउनुपर्छ ।
त्यसैले –
छायाँ मेटिएर सधैंलाई
परिको रुपधारण गरिदेउ
नाचिदेउ न मुजुराको तालमा छमछम
छायाँरानी !
हामी अस्तित्वमा बाँचौँ ।

विद्रुप गोधुलिले नुहाएका
यी भग्न पहाडहरु
दुरदेशमा –
पराई चेलीले लगाइदिएको भाईटीका जस्तो
यी विषम गौँडा , गल्छेँडा र घोरेटाहरु
चुँडेर यत्रतत्र
हिंसाका विषाद पातहरु
जलाएर एकमुष्ट
छातिका युगीन घातहरु
धरती नै प्रकम्पित हुने गरि ब्युँझिदेउ न
छायाँरानी !
हामी नवीन सृष्टि रचौँ ।

 

LEAVE A REPLY