आशावादी कवि रिमा केसीको ‘यात्रामा अक्षर ‘भव्य लोकार्पण

0
1147

आजकोकुरा:आश्विन ६काठमाण्डौ ! नेपालि साहित्य आकाशिंदै गरेको वर्तमान समयमा एउटा पृथक जोडदार कविको प्रवेश भएको छ ! विगतका केहि वर्षदेखि कलम चलाउदै ,बिभिन्न साहित्य कार्यक्रममा आफ्नो कीर्तिका साथ् सहभागिता जनाउदै ,लेखन शैली-प्रस्तुतीकरणले सवै अग्रज/नव साहित्यकार तथा पाठक दर्शकको मनको गहिराइ देखि प्रसंशा बटुल्दै आउनुभएकी कवि हुन् ‘रिमा केसी ‘!

ऊनै आशावादी प्रतिभावान कवि रिमाको पहिलो कविता संग्रह ‘यात्रामा अक्षर ‘एक भव्य कार्यक्रमकको आयोजना गरिंदै बरिष्ट साहित्यकार ,संगीतकर्मी,रंगकर्मी ,संचारकर्मी तथा आमन्त्रित व्यक्तिहरुविच सर्वनाम नाट्यसालामा बृहत लोकार्पण भएको छ

!  
उक्त आजको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि वरिष्ट कवि/साहित्यकार तुलसी दिवश रहनु भएको थियो भने ,अन्य विशेष अतिथिहरुमा वरिष्ट कवि श्रवण मुकारुङ, कवि/राजनीतिकर्मी आहुती,कवि बिना रहेको थियो ! सबै अतिथिहरुको हातबाट कवि रिमा केसीको ‘यात्रामा अक्षर’लोकार्पण गरिएको थियो !

सवै अतिथिहरुले कवि रिमाको लेखन शैली र उनको पहिलो किर्ति ‘यात्रामा अक्षर ‘बारे आफ्नो धारणा राख्दै बिगतदेखि वर्तमान् सम्मको नेपालि साहित्य क्षेत्रबारे पनि छोटकरीमा पोखेका थिए !सवै बक्ताहरुले कवि रिमाको लेखन शैली पृथक रहेको बताउदै प्रसंशा गरे !
साथै कवि रिमा केसी लगाएत बक्ताहरुले पनि कवि रिमाको कबिता बाचन गरेका थिए !

LEAVE A REPLY