कुन सहरमा घुम्दै होला मलाइ छुने मन (गीत परिशिलन पुस्तक बाट ):वरिष्ट संगीतकार बुलु मुकारुङ

0
134

आजकोकुरा:आश्विन ५काठमाण्डौ !
कुन सहरमा घुम्दै होला मलाइ छुने मन :वरिष्ट संगीतकार बुलु मुकारुङ

ज्ञानुको गीति चेतनालाई म पर्गेल्न सक्दिन !मैले उसका गीतहरु संगीतवद्द गरिसकेको छु !नेपालमा हुँदा गीत लेखिरहने ऊ,अमेरिका पढ्न गएपछि त्यो क्रम रोकिएला भन्ने मेरो शंका अहिले आएर धुलोपिठो भएको छ ,किनकि ज्ञानुका दस गीतहरु भर्खरै (२०६० बैशाख )मात्र अमेरिकाबाट चिठ्ठीसंगै नया शन्देश लिएर आइपुगेका छन् !यसले ज्ञानुका गीतियात्रालाई मात्र अगाडी नबढाएर समग्र नेपालि गीति मुलबाटोलाइ नै प्रभावित पार्ने खालका छन् !
ज्ञानु गीत-संगीतक्षेत्रको रौसे मात्र होइनन्,लगनशील र प्रतिभाशाली कवि पनि हो !संगीतप्रतिको उसको अनुराग नेपालमा मात्र होइन अमेरिकामा पनि रहेको पाइयो !जसले आफ्नो प्रथम पुत्रको नाम सरगम राख्यो !उसले जर्ज बुस नै राखेका भए पनि मलाइ आपत्ति थिएन !त्यहि हो,उसको मन छ हामीलाई पनि छुन्छ त्यो मनले,त्यसरी नै हामि माझ ‘मलाइ छुने मन ‘आएको छ !
माथि उल्लेखित गीत ज्ञानुले रच्यो,मैले संगीत बनाएँ र लेखु विवसले रेडियो नेपालको संगीत प्रतियोगितामा गायो २०५० सालमा !गीत रचना र संगीत प्रथम भयो र स्वरले तृतीय स्थान प्राप्त गर्यो !त्यसपछिका एक दशक त्यस गीतले पिट्नु पिट्यो !सायद ज्ञानु नेपालमै भएको भए केहि कविता,केहि गीत र केहि अन्य किर्तिहरु पनि साहित्यकर्मिहरुका बीच आइपुग्थ्यो होला !ढिलै भएपनि ज्ञानुको किर्ति आयो ,हामीलाई छोयो र यस मानेमा म सवैभन्दा खुशी छु !
खोला नाला पहाडले सजिएको गाउँ
मेरो प्यारो जन्मथलो फिक्कल त्यसको नाउँ !
यी यसरि नै आफु जन्मेको थलोप्रति बगिदिन्छ ऊ,माइखोलाझैँ सलल सिर्जनाहरूमा !म त खालि उसका सिर्जनाहरूमा रन्थनिएर भावुक बन्ने मात्रै हुँ !पाताल प्रवासमा पनि ऊ गुराँसझैँ फुलिदिन्छ ,रचनाहरुमा !म त उसको राष्ट्रवादलाइ सम्मान गर्ने मात्रै हुँ !ज्ञानु जीवनलाई जीवन जस्तै बनाउन रचनाका बिउहरु बिगत पन्ध्र वर्षदेखि उमार्दै छौ,निरन्तरताका निम्ति देशको तिमीलाई सलाम !

(भुँडीपुराण प्रकाशन )

LEAVE A REPLY