‘ सिर्जनामाथि ‘(गीत परिशिलन पुस्तक बाट ):वरिष्ट संगीतकार बुलु मुकारुङ

0
294

आजकोकुरा:आश्विन ४काठमाण्डौ !
‘ सिर्जनामाथि ‘-बुलु मुकारुङ 


हरेक साँझहरुमा आउँछ तिम्रै याद
बिर्सन सक्दिन तिमीलाई अब दिन -रात !
स्वर:ओमविक्रम विष्ट
संगीत:शशिन्द्र राजभन्डारी
गीत संगीतक्षेत्र जसरि फराकिंदै जादैछ ,त्यसरी नै नव गीताकाए संगीतकारहरु पनि यस क्षेत्रमा प्रवेश गर्दैछन !नवगीतकार राजिवनन्दन कर्माचार्यले यस क्षेत्रमा विचरण गरेको लगभग एक दशक भैसकेको छ !त्यस मानेमा नवप्रवेशी भन्न त नमिल्ने हो तर राजीवलाई अति लोकप्रिय,स्थापित वा वरिष्ठ गीतकार पनि भन्न कदापि मिल्दैन-रचानाभित्र विशिष्टता छंदाछंदै पनि किनकि यसोभन्दा राजीवका मिठा मिठा गीतहरु खेल्न छाडिदिए भने त नेपालि गीत-संगीत क्षेत्रलाई घाटा नै हुनेछ -मा त्यो घाटा सहन सक्दिन !
मनको चंगा टूटिगयो कहाँ गई झर्ने हो
चाहना सबै नारी गए कसरि बाच्ने हो
स्वर:सपनाश्री
संगीत:निखिल/राजेन्द्र
राजीवका गीतहरु जतिजति मैले पढ्दै गएँ अथवा संगीत भर्दै गएँ एक प्रकारको नौलो शैलीमा पाएँ !लाग्छ मा नयाँपन भएका गीतहरु नै रुचाउँछु र संगीत गर्छु ! गीत,गीतिचेतनाले लेखियोस् वा रहर र लहडले !राजीवले रचेका,सिर्जना गरेका गीतहरु कुनै पहाडतिर चढ्छन त् कुनै तराइका फाँटमा बढ्छन !कुनैकुनै गीतहरु त् शान्त तलाउभित्र टल्किने जुनताराझैँ लाग्दछन् !कुनै गीतहरु नवयौवनाहरुमा लस्कर आङ्गमाथि बुई चढ्ने भाग्यमानि डोको र थुम्सेहरु भएका छन् !म किन ति डोको र थुम्सेहरुझैँ हुन संकिन भन्ने पनि लागिरहन्छ !
आफ्नो भन्ने कोहि छैन जीवनमा मेरो
दु:ख रहेछ जिन्दगि आँशुकै सेरोफेरो
स्वर:रामकृष्ण ढकाल
संगीत:निखिल/राजेन्द्र
साच्चै भन्ने हो भने राजीवका गीतहरु आम नेपालिहरुका दु:ख,पिडा र भोगाइहरुका प्रतिनिधि गीतहरु नै हुन् !जसले ति पक्ष र वर्गहरुलाई जहिलेपनि जुन बेलापनि समेटिरहेको पाइन्छ ! नेपालि गीति सस्कृतिमा उज्यालो बोकेर,उकालो चढ्ने कवि गीतकार राजिव तपाइलाइ चाँप गुरासको शुभकामना छ ,बेलिचमेलिको स्वागत छ र सगरमाथाको आशिर्वाद छ हाम्रो त के कुरा !
छाडी नजाउ मलाइ ए मेरो प्रियतम
तिम्रै हुँ म तिम्रै लागि खाएको थिएँ धेरै कसम
स्वर:नलिना चित्रकार
संगीत:शशिन्द्र राजभन्डारी
(भुँडीपुराण प्रकाशन )

 

LEAVE A REPLY