‘सुखी नेपाली, समृद्ध नेपाल: बालअधिकार सबैको सरोकार’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदै

0
41
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २९काठमाण्डौ !केन्द्रिय तथ्याङ्क विभागले अघिल्लो आर्थिक वर्षमा ५ सय ८३ वटा घटनामा एक हजार २ सय ७३ बालबालिका प्रभावित भएको जनाएको छ !जुन् तथ्यांक विभिन्न सञ्चारमाध्यममा आएका घटनाका आधारमा विभागले सार्वजनिक गरेको हो ।
यसमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले बालबालिका विरुद्धका घटनाको पूर्ण तथ्याङ्क नभएको बताए ।
पछिल्लो समय बालबालिकाहरु नै सबैभन्दा बढी हिंसाको शिकार बन्ने गरेका छन् । बालिका बलात्कार, घरेलु हिंसा दुव्र्यवहार र तेजाब खन्याइएका घटना बढ्दो छन् । गत साउन १० गते हत्या गरिएकी कञ्चनपूरकी निर्मला पन्तको घटनाको छानबिनमा प्रगति हासिल हुन सकेका छैन । यो सरकार बालबालिकाविरुद्ध हुने घटनामा ध्यानाकर्षण भएको र केन्द्रदेखि स्थानीय तहसम्मै कानूनी र नीतिगत व्यवस्था गर्न प्रतिबद्ध रहेको दाबी गर्दै आएको छ !
तर, बालबालिकाहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सकेको छैन ।गत हप्ता मात्र रौतहटको चन्द्रपुर दुई बालिकामाथि एसिड प्रहार भएको,जसमा १८ बर्षिया सम्झना दास र उनकी १५ बर्षिया बहिनी सुस्मिता अहिलेपनि उपचारकै क्रममा छन् ।
यस्ता घटना नेपालमा मात्रै होइन विश्व जगतमै बालबालिका हिंसाबाट मुक्त छैनन् । केहि दिन अघि जर्मनीमा रोमन क्याथोलिक पादरीद्वारा ३ हजार ६ भन्दा बढी बालबालिका शारीरिक शोषणमा परेको तथ्य खुलासा भएको थियो ।
यसैबीच ‘सुखी नेपाली, समृद्ध नेपाल: बालअधिकार सबैको सरोकार’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । यसैबीच दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विशेष कार्यक्रम हुँदैछ ।

LEAVE A REPLY