भदौ ११ गते बेपत्ता भएका युवकको शव आज फेला

0
23
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २९पाल्पा !गत भदौ ११ गते अर्थात १९ दिनदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको छ । पाल्पाको तानसेन नगरपालिका १ भुसालडाँडा घर भएका ३६ बर्षीय सुनील क्षेत्री घर नजिकैको खोल्सामा यसरि मृत अवस्थामा भेटिएका हुन् ।
युनाइटेड मिसन अस्पतालमा कार्यरत क्षेत्रीको घरदेखि सय मिटर टाढाको खल्लुकधारा खोल्सामा शव भेटिएको प्रहरीले जनाएको छ । क्षेत्रीकै बुबाले कपडा र अन्य शरीरको भाग देखेपछि सुनीलकै भएको पत्ता लगाएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । सुनील भदौ ११ गते बिहान घरबाट निस्केको र त्यसयता घर फर्केका थिएनन् ।

LEAVE A REPLY