प्रतिनिधि सभाबाट ७ वटा विधेयक पारित,अर्को बैठक भोलि दिउँसो २ बजे

0
32
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २९काठमाण्डौ ! आज प्रतिनिधि सभाबाट मौलिक हकसँग सम्वन्धित ७ वटा विधेयक पारित गरेका छन् ।जसमा विषयगत समितिबाट आएको प्रतिवेदन र अनुसांगिक छलफल गरी सात वटै विधेयक सर्वसम्मतीले यसरि पारित भएको हो ।
आज यसमा उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र जनस्वास्थ्य विधेयक पारित गरियोस भनि गर्नुभएको प्रस्ताव सर्वसम्मतीले पारित गर्यो , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको रोजगारीको हक सम्वन्धी विधेयक पारित गरियोस भन्ने प्रस्ताव पनि बैठकको सर्वसम्मतीले पारित गर्‍यो । यसरि नै उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी विधेयक, आवासको अधिकार सम्वन्धी विधेयक र भूमि सम्वन्धी सातौं संसोधन विधेयक पनि सर्वसम्मतीले पारित गरेको छ ।
आजको बैठकमा मौलिक हकसँगै सम्वन्धित वैयक्तिक गोपनियतासम्बन्धी विधेयक र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय पहिलो संसोधन विधेयक राज्य व्यवस्था समितिले प्रतिवेदनसहित पेस गरेको ,जसमा समितिका जेष्ठ सदस्य मिना पाण्डेले प्रतिवेदन सहित सो विधेयक पेस गरेका हुन् ।
भोलि दिउँसो २ बजेका लागि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ ।

LEAVE A REPLY