आजबाट प्रतिनिधिसभाले मौलिक हकसँग सम्बन्धित विधेयकहरु पारितको क्रम शुरु गर्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या सम्बन्धमा जारी अनुसन्धानबारे सत्यतथ्य जानकारी नदिएसम्म सदन चल्न नदिने

0
23
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २९काठमाण्डौ ! आजबाट प्रतिनिधिसभाले मौलिक हकसँग सम्बन्धित विधेयकहरु पारितको क्रम सुरु गर्दैछ । यसमा संघीय संसद सचिवालयले पहिलो चरणमा आज विभिन्न ७ वटा विधेयक पारितको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या सम्बन्धमा जारी अनुसन्धानबारे सत्यतथ्य जानकारी नदिएसम्म सदन चल्न नदिने बताएको छ । कांग्रेसले सोही माग गर्दै हिजोको बैठक समेत अवरुद्ध गरेको थियो ।
आज बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिवद्धता जनाएपछि सुरु भएको संसदको हिजोको बैठकमा एकै दिन ५ वटा विधेयक सम्बन्धित समितिले प्रतिवेदनसहित पेश गरेका थिए ।
अहिले बिहान ११ बजेका लागि बोलाईएको बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रस्तुत गर्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक र जनस्वास्थ्य अधिकार विधेयक पारितको प्रस्तावसहित प्रस्तुत गर्नेछ ।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले रोजगारीको हक सम्बन्धी विधेयक, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्ता संरक्षण विधेयक, कृषि तथा पशुपंन्छी विकास मन्त्री चक्रपाणी खनालले खाद्य अधिकार सम्बन्धी विधेयक, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले आवासको अधिकार सम्बन्धी विधेयक र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले भूमि सम्बन्धी सातौं सम्सोधन विधेयक सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नेछन् । यी सवै विधेयक प्रतिनिधिसभाको आजको बैठकले सामान्य छलफल पछि पारित गर्नेछ ।
साथै, आजैको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक र शिक्षा तथा स्वास्थ्य समितिले अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी विधेयक प्रतिवेदनसहित प्रस्तुत गर्ने पनि कार्यसूची छ ।
र, राष्ट्रिय सभा बैठकले अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची छ ।

 

LEAVE A REPLY