अरब र रुसलाई उछिनेर अमेरिका बन्यो सबैभन्दा ठूलो पेट्रोल उत्पादक

0
44
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २९एजेन्सी !अब अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र बनेको छ । गत बुधबार युएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले जारी गरेको प्रारम्भिक अनुमानमा जुन र अगस्ट महिनामा अमेरिकाले तेल उत्पादनमा पहिलो स्थानको रसियालाई पनि उछिनेको देखिएको छ ।
सन् २०१८को प्रारम्भमा अमेरिकाले साउदी अरबलाई उछिनेर दोस्रो सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र भएको थियो । यसमा यदि त्यो आँकलन सही निश्किएमा सन् १९७३ यता अमेरिका पहिलोपटक विश्वमा तेल उत्पादनमा शीर्ष राष्ट्र हुनेछन् ।
इनर्जी इन्फरमेसन एड्मिनिस्ट्रेशन र इन्टरनेशनल इनर्जी एजेन्सीले अमेरिकाले सन् २०१९ भन्दा अघि साउदी अरब र रुसलाई तेल उत्पादनमा उछिन्न नसक्ने अनुमान गरेको थियो ।

जसमा फ्रयाक्चरिङ पनि भनिने हाइड्रोलिक फ्रयाक्चरिङ प्रविधिको कारण अमेरिकाको तेल उत्पादन पछिल्ला वर्षहरुमा उलेख्य मात्रमा बृद्धि भएको र यस प्रविधिमा रसायन,बालुवा,पानी तथा उच्च दबाबको प्रयोग गेर अत्यन्त गहिरो स्थानमा रहेको चट्टानमा चिरा पारेर धेरै तेल र प्राकृतिक ग्यास उत्सर्जित गरिन्छ ।

तर, यो विधि विवादित रहेको छ । आलोचकहरुले फ्रयाक्चरिङ्ले भूमिगत पानीको स्रोत विशाक्त बनाएको र आक्लोहोमा र टेक्सास क्षेत्रमा भूकम्पको सङ्ख्या बढाएको आरोप समेत लगाएका छन् ।

युएस.इनर्जी एजेन्सीले अगस्टमा अमेरिकाले दैनिक १ करोड ९ लाख ब्यारेल तेल उत्पादन गरेको आँकलन गरेको,र त्यही समयमा रुसले दैनिक १ करोड ८ लाख ब्यारेल र साउदी अरबले १ करोड ४ ब्यारेल तेल उत्पादन गरेको थियो भनिएको छ ।

यस्तै तेल उद्योगको इतिहास समेटेको पुस्तक ‘द प्राइज’ का लेखक ड्यानियल यरगिनले अमेरिकी तेल उत्पादनको बढोत्तरीले विश्व तेलको विषम अभावबाट बचाएको बताउदै ‘ अहिले अमेरिकी तेलको उत्पादनमा बृद्धि हुँदैनथ्यो भने तेलको मूल्य आकाशिने थियो ‘उनले भनेका छन् ।

 

LEAVE A REPLY