राजधानीमा मोनोरेल परियोजना बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययन

0
85
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २८काठ्माण्डौ !राजधानी काठमाडौंमा मोनोरेल परियोजना बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।यसरि मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको छ ।
प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेल निर्माणका लागि प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भव देखिएको र कुनै अवरोध नआए ३ वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने चिनियाँ पक्षको भनाई रहेको छ ।
२७ किलोमिटर लामो रेलवे कलंकी–महाराजगञ्ज, महाराजगञ्ज—कोटेश्वरर र कोटेश्वर -कलंकी गरी तीन चरणमा बनाउन सकिने प्रतिवेदनमा उल्लेख रहेको छ । यसमा ठेकेदार कम्पनीले आर्थिक र प्राविधिक पक्षको जिम्मा लिई निर्माण सकेर हस्तान्तरण गर्ने इपीसिएफ मोडेलमा आयोजना निर्माण गरिनेछ ।
यसको ३ महिनामै प्रारम्भिक सम्भाव्यक्ता अध्ययन सकेर चिनियाँ कम्पनीले आज काठमाण्डौ र ललितपुर महानगरपालिकालाई प्रतिवेदन बुझाएको हो ।चिनियाँ कम्पनीले आगामी ६ महिनामा विस्तृत परियोजना अध्ययन डिपीआर पनि सकिने उल्लेख गरेको छ ।
काठमाण्डौ र ललितपुर महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चिरिबाबु महर्जनले सम्भाव्यता अध्ययनको प्रतिवेदन पढेर अन्य पक्रियाको थालनी गरीने बताएको छ ।

LEAVE A REPLY