म्याग्दीमा बाढीले विद्यालय भवन बगायो, साथै बेनी बजार पनि जोखिममा

0
32
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २८ म्याग्दी ! बुधबार साँझ छहरीमा पहिरोले रघुगंगा नदी थुनेपछि आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिएका छन् ।

यसैगरी बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनीे क्षत्ती पुर्याउनुका साथै खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए ।

करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्याएको छ ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल पनि बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए ।बेनी बजार पनि उच्च जोखिममा परेको बताइएको छ !

 

LEAVE A REPLY