पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरु पनि प्रधान हुन्छन् : टान महासचिव आङ्ग पेम्वा शेर्पा

आउने सन् २०२०मा सरकारले बिस लाख पर्यटक भिर्त्याउने हो भने यो भन्दा अगाडी सरकारले कुनै पनि पर्यटन व्यवसायीलाई ट्याक्स नलाओस

0
4315
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २८काठ्माण्डौ !नेपालमा मुख्यत:पर्यटन बिकासमा कार्य गर्दै आएको टान (ट्रेकिङ्ग एजेन्सीस एसोसिएन अफ नेपाल )ले चार दसक पुरा गरिसकेको छ ! टानले नेपालको चिनारी ,सम्ब्रिद्दि र आर्थिक विकासमा समेत टेवा पुर्याएको देखिन्छ ! पर्यटन क्षेत्रमा हुने कमीकमजोरी ,खरावी सुल्झाउन र पर्यटन-पर्यटक विकासको निमित्त नेपाल सरकार साथै विश्वका संघसस्थाहरुसंग सहकार्य गर्ने गरेको छ ! यसै सिलसिलामा आजकोकुरा डटकमले टानका महासचिव आङ्ग पेम्वा शेर्पासंग कुराकानी गरेको थियो !
अहिले पछिल्लो समयमा टानमा भित्रिएको समस्या बारे कार्य गर्दै आइरहेको बताउने महासचिव शेर्पाले ‘ यदि आउने सन् २०२०मा सरकारले बिस लाख पर्यटक भिर्त्याउने हो भने यो भन्दा अगाडी सरकारले कुनै पनि पर्यटन व्यवसायीलाई ट्याक्स नलाओस ,’भने !

देशमा आएका कुनै-कुनै पर्यटकहरु आफूखुशी पदयात्रामा जाने गरेको पायिएको छ ,यसलाई सिस्टममा ल्याएर कुनै पनि पर्यटक आउदा एउटा गाइड लगेर ट्रेकिंग कम्पनि मार्फत जानुपर्छ भन्ने पनि माग टानको रहेको बताए ! जसको कारण देशमा रोजगारी बढ्ने,लुटपाट खरावी कम हुने र देशको इज्जत पनि बढ्ने शेर्पा बताउँछन् !

साथै ,शेर्पाले ‘ पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरु पनि प्रधान हुन्छन्,उनीहरुको जीवन बिमा गर्दिनुपर्यो र कतिपय मजदुरहरु मरेका छन् उनीहरुको छोरा छोरी परिवार बिचल्लीमा छन् ,उनीहरुलाई सरकारले राहत दिनुपर्यो ,यहि हामि माग गर्दछौ ,’भन्छन् !
अन्य टान महासचिव शेर्पासंगको आजकोकुरा जस्ताको तेस्तै :

LEAVE A REPLY