नेपाली कांग्रेसद्वारा बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आज संसद बैठक अवरुद्ध

खोजतलाश साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको पक्राउ र तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्याबारे सरकारको जवाफ समेत माग

0
37
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २८काठ्माण्डौ ! प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आज संसद बैठक अवरुद्ध गरेको छ ।
तीन वटा बिषयगत समितिले मौलिक हकसँग सम्बन्धित महत्वपूर्ण ५ वटा विधेयक प्रतिवेदन सहित पेश गर्ने कार्यसूची सहित बोलाईएको बैठकको सुरुमै कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका हुन् । निर्मला हत्याबारे सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले बताउदै प्रहरी प्रशासन आफै अपराधी संरक्षणमा लागेको आभास मिलेको भन्दै उनले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग समेत गरे ।
यसैगरी कांग्रेसले खोजतलाश साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको पक्राउ र तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्याबारे सरकारको जवाफ समेत मागेको छ ।
यसलगत्तै सभामुख कृष्णबहादुर महराले निर्मला हत्याबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरे ।
यसरि कांग्रेस सांसदको अवरोधपछि १० मिनेटका लागि स्थगित बैठक केहीबेरअघि सुरु भएको थियो । आजको बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कांग्रेसले उठाएका तीनै वटा बिषयमाथि भोलिको संसद बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रतिवद्धता जनाएपछि बैठक सुरु भएको हो ।

 

LEAVE A REPLY