भारत भ्रमण सफल रहेको प्रचण्डको भनाइ

0
50
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २४ काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण पूरा गरी आज आइतबार स्वदेश फर्केका छन् ।
प्रचण्डले भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक नेतृत्वसंग भेटवार्ता गरेका थिए । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ भ्रमण सफल रहेको दावी गर्दै भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको बताए ।
भारत बसाईका क्रममा प्रचण्डले प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसंग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको र भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको पाएको बताए । नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको अनुभूति गरेको पनि सुनाएका थिए ।

यसैगरी,प्रचण्डले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने पनि स्पष्ट पारे ।

 

LEAVE A REPLY