कांग्रेसका नेता प्रकाशमान सिंहको पत्रकारहरुलाई निडर भएर देश र जनताका पक्षमा लाग्न सुझाव

0
36
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:भाद्र २४ जाजरकोट । आज प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउदै प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

नेता सिंहले पत्रकारहरुलाई निडर भएर देश र जनताका पक्षमा लाग्न सुझाव पनि दिए ।साथै,मुलुकमा दुईतिहाइको कम्युनिष्ट सरकार भए पनि शान्तिसुरक्षा कायम गर्न र जनताका अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको उनले आरोप लगाउदै हत्या अपहरण जस्ता आपराधिक गतिविधि दिनानुदिन बढ्दै जाँदा पनि सरकार प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु सबैभन्दा चिन्ताको विषय भएको समेत उनले बताए ।

यसैगरी ‘एकातिर सुरक्षा ब्यवस्थापनमा असफल भएको छ भने अर्कोतिर बजार भाउ आकासिएर जनजीवन अस्तव्यस्त हुँदा पनि चासो नदिनुले सरकार पूर्णरुपमा असफल भइसकेको स्पष्ट छ,’पनि उनले भने ।
यसमा चुनावी पराजयपछि गतिविधि शून्य जस्तो भएको जाजरकोटमा नेता सिंहको उपस्थितिले कांग्रेस नेता कार्यकर्तामा उत्साह थपिएको कांग्रेस केन्द्रीय सदस्य हृदयराम थामीले बताएका छन् ।

LEAVE A REPLY