श्रोत नखुलेको सम्पत्ति अभियोगमा गणेश लामा दोषी ठहर

0
28
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २५काठ्माण्डौ ! विषेश अदालतले श्रोत नखुलेको सम्पत्ति कमाएको अभियोगमा गणेश लामालाई दोषी ठहर गरेको छ।
विशेष अदालतले अबैध सम्पत्ति सम्वन्धी मुद्दामा लामालाई एक वर्ष कैद र एक करोड ४० लाख बिगो जफत गरी त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको छ भने अदालतले उनको परिवारका अन्य सदस्यलाई सफाइ दिएको छ ।

लामालाई सम्पति शुद्दिकरण बिभागले लामासँग २७ करोड एक लाख अबैध सम्पत्ति देखिएको भन्दै २०७० जेठ ५ गते मुद्दा दायर गरेको थियो । लामा अहिले हातहतियार तथा खरखजना सम्वन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमै रहेका छन् ।

LEAVE A REPLY