बिसे नगर्चीको घोर अपमान भएको छ :डी बि परियार

0
414
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २५काठ्माण्डौ ! राष्ट्रिय धरोहर ,तत्कालिन गोरखाका राजा पृथ्विनारायण शाहका आर्थिक एवं सास्कृतिक सल्लाहकार बिसे नगर्चीको घोर अपमान भएको भन्दै ‘परियार सेवा समाज’ केन्द्रिय समितिले बिज्ञप्ति जारि गर्दै आपत्ति जनाएको छ !
बिज्ञप्तिमा भनिएको छ ‘परियार सेवा समाज केन्द्रको स्थापनाकाल देखिको निर्णय अनुसार राष्ट्रिय बिभुति बिसे नगर्चीको शालिक उनि जन्मेकै ठाउँ अर्थात गोरखा न.पा.वडा न.६ गितार डाँडामा स्थापना गर्न गोरखा न.पा.गोरखा दरवार,पुरातत्व बिभाग र पर्यटन तथा सस्कृति मन्त्रालय लगाएत सरोकारवालासंग बिगत ०५२ सालदेखि पटक पटक स्थानीय परियार सेवा समिति .बिसे नगर्चीका सन्तान र परियार सेवा समाज केन्द्रिय समितिले लिखित,मौखिक,सहमति र सम्झौता गरिसकेको ,साथै २०७५/०३/२६ गते समाजको स्थापना दिवशकै दिन गोरखा न.पा.उपमेयर बिना कुमारी श्रेष्ठ र तत्कालिन नेतृत्वको पहलमा सिलान्यास भैसकेको थियो !तर.२४ घण्टा नबित्दै गोरखा न.पा.वर्तमान मेयर राजनराज पन्त र कथित परियार समाजका अध्यक्ष बल बहादुर सुन्दास भनिनेको मिलेमतोमा सिंगो दलित समुदायको अपमान गर्दै मेयर पन्तले गितार डांडा त पाण्डे पन्त,जौसी,अर्यालको पो ठाउ हो भन्दै बिसे नगर्चीको सिलान्यास गरेको ठाउ बाट तल अर्कै ठाउँमा सार्वजनिक चर्पीको छेउमा अपमानजनक बिसे नगर्चीको सालिक अनावरण गरेकोले घोर भत्सर्ना र बिरोध जनाएको छ !’
साथै बिज्ञप्तिमा ‘बिसे नगर्ची राष्ट्रिय ऐतिहासिक सम्मानित व्यक्ति हो भन्ने बिर्सिएर दलित भएकै कारण यस्तो बिभेद गरिएको प्रष्टै देखिएकोले मेयर राजनराज पन्त र कथित परियार समाजका अध्यक्ष बल बहादुर सुन्दासलाइ नेपाल सरकारले यथासिघ्र सत्य ,तथ्य पत्ता लगाई कानुनि कारवाही गरिनुपर्ने ,गितार डाँडामा नै बिसे नगर्चीको सालिक स्थापना हुनुपर्ने माग ‘समेत राखिएको छ !

परियार सेवा समाज अध्यक्ष डी बि परियारसंग यस विषयमा गरिएको अन्य आजकोकुरा जस्ताको तेस्तै:

LEAVE A REPLY