ओलीले ठाकुरलाई भेट्न मानेनन्,आश्वासन मात्र छ

0
24
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २५काठ्माण्डौ ! राजपाका अध्यक्ष ठाकुरसहितका नेताहरूले केही दिन अगाडि प्रधानमन्त्री ओलीलाई भेटेर विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए । तर,माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीले आश्वासन दिएपनि पूरा नगरेको आरोप छ ।

ठाकुरले माग पूरा गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न खोजे, तर, ओलीले समय नदिएको उच्च स्रोतले जनाएको छ ।

बुधवार अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए ।
अध्यक्षमण्डलका बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो ।

यसका लागि उनीहरूले प्रधानमन्त्री ओलीसँग समय पनि मागे । तर, प्रधानमन्त्री ओलीले बुधबार समय दिएनन् । बिहीबार समय दिने आश्वासन प्रधानमन्त्री ओलीका सहयोगीले नेताहरूलाई दिएका थिए । ओलीले ठाकुरलाई बिहीबार पनि उनले समय नदिएको,अब सनिबार मात्र समय दिने स्रोतले जनाएको छ ।

 

LEAVE A REPLY