भारतबाट उद्दार गरिएका १६ महिलालाइ आज परिवारको जिम्मा लगाइए

0
37
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २३काठ्माण्डौ !भारतको दिल्ली मैदानगढीबाट उद्दार गरिएका मध्ये १६ नेपाली महिलालाई नेपालगञ्ज ल्याई आज परिवारको जिम्मा लगाइएको छ । उनीहरुलाई खाडी मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै भारतको दिल्ली पुर्‍याइएको थियो । तर,भारतको दिल्ली महिला आयोग, दिल्ली प्रहरी, रेस्क्यू फाउण्डेसन र नेपाली दुतावासको समन्वयमा यसअघि ७३ नेपाली महिलाको उद्दार गरिएको थियो । जसमा मध्ये १६ नेपाली महिलालाई नेपालगञ्जस्थित माईती नेपालको जिम्मा लगाइएको थियो ।
माईती नेपाल नेपालगञ्जका संयोजक केशब कोइरालाका अनुसार उद्दार गरिएका महिलाहरु पाल्पा, नवलपरासी, रुपन्देही, दाङ, बाँके, दैलेख लगायतका जिल्लाका रहेका हुन् । उनीहरुलाई आज पुर्नस्थापनाका लागि परिवारको जिम्मा लगाइएको छ ।
ती महिलाहरुलाई वैदेशिक रोजगारका लागि खाडीमुलुक जान नेपालबाट बन्द भएको भन्दै भारतको दिल्ली हुँदै उडाउने प्रयास गरिएको थियो ।

LEAVE A REPLY