नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्मा पक्राउ

0
34
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २३काठ्माण्डौ !हिजो मंगलबार बेलुकी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्मा पक्राउ परेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता विश्वकर्मालाई प्रहरीले दक्षिणकालीबाट पक्राउ गरेको हो ।
पछिल्लो समय सरकारले चन्दा संकलन, मुलुकको शान्ति सुरक्षा खल्बल्याउने गतिविधि गरिरहेको भन्दै नेकपाका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको छ।
यस विषयमा बिनाकारण आफ्ना नेतालाई पक्राउ गरेको आरोप लगाउँदै नेकपाले भर्त्सना गरेको छ।जसमा महासचिव नेत्रविक्रम चन्दले आज बुधबार विज्ञप्ति निकालेर विश्वकर्मा लगायतलाई बिना शर्त रिहा गर्न माग गरेका छन्। उनले राजनीतिक अधिकारमाथि एक पछि अर्को गर्दै सरकारले प्रतिबन्ध लगाइरहेको भन्दै प्रतिकार गर्न लोकतन्त्रवादी र देशभक्तहरुलाई आह्वान समेत गरेका छन्।
साथै नेकपाले पर्सि २५ गतेदेखि साउन २९ सम्मको विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

LEAVE A REPLY