सांसद निरु पाल पेस्तोल प्रकरणमा ३ सय ३५ समातिए

0
69
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २१काठ्माण्डौ !सांसद निरु पाल पेस्तोल प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौँले हालसम्म ३ सय ३५ जनालाई पक्राउ गरिसकेको छ ।

जसमा काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार साउन १५ साँझ गते भएको भनिएको घटनाको जानकारी पाएलगत्तै साउन १८ गते शुक्रबारदेखि आइतबारसम्म ३ सय ३५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ । हिजो आइतबार मात्रै प्रहरीले बालाजु, गोंगबु लगायतका क्षेत्रबाट १ सय ९५ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

एसएसपी पोखरेलका अनुसार हालसम्म पनि नेकपाकी सांसद निरु पालले आफूमाथि भएको ‘आक्रमण’ र लुटपाटबारे प्रहरीलाई औपचारिक जानकारी वा उजुरी दिएकी भने छैनन् ।

यद्यपि घटनाको जानकारी आएपछि अपराधी खोज्नु आफूहरुको कर्तव्य भएको भन्दै आफूहरुले दैनिकरुपमा गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गरी सोधपुछ गरिरहेको एसएसपी पोखरेलले बताएका छन् ।

यसमा काठमाडौँ प्रहरीले सांसद निरु पालसँग भेटघाट गरी घटनामा संलग्नहरुको हुलिया र जानकारी लिएको थियो । त्यसैको आधारमा प्रहरीले यति धेरै सङ्ख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको र प्रहरीले ३ सय ३५ जनालाई पक्राउ गरेपनि ३ सय २३ जनालाई भने सोधपुछपछि रिहा गरिसकेको छ । अन्यलाई सोधपुछ र अनुसन्धान हुँदैछ !

 

LEAVE A REPLY