आजदेखि सर्वोच्च अदालतको जिम्मा मिश्रलाई

0
26
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण २०काठ्माण्डौ ! कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी १५ दिन विदामा बसेपछि सर्वोच्च अदालतको नियमित काम कारवाही अब आजदेखि बरिष्ठ न्यायाधीश ओम प्रकाश मिश्रले समाल्ने भएको छ । यसरि कायम मुकायम प्रधानन्यायाधीश जोशी विदामा बसेसँगै वरिष्ठताको आधारमा मिश्रले सर्वोच्चको कायम मुकायमको जिम्मेवारी सम्हालेका हुन् ।
वरिष्ठतम् न्यायाधीश मिश्रले आज विभिन्न ९ वटा बेन्चमा ४ सय २१ वटा पेशी तोक्नुभएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यसरि जानकारी दिए । उनले न्यायपरिषदको नेतृत्व समेत समालेका छन् । जोशीको नाम अस्विकृत भएपछि संवैधानिक परिषदले सम्भवत अब मिश्रलाई नै प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गर्नेछ । प्रधानन्यायाधीशमा मिश्र नियुक्त भए उमेर हदका कारण उनको पदावधी आगामी पुष १९ मा सकिने छ ।

LEAVE A REPLY