नेपाली काँग्रेस धनुषाले आज सरकार विरुद्ध प्रदर्शन गर्यो

0
18
janakpur
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण १५ धनुषा ! नेपाली काँग्रेस धनुषाले आज मंगलबार सरकार विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध हजारौं नेता कार्यकर्ता सडकमा उत्रेका थिए ।काँग्रेस धनुषाको जनकपुर ४ पियरियामाईस्थित कांग्रेस कार्यालयबाट निस्केको विरोध जुलुस नगर परिक्रमा गरी रामानन्द चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

उक्त जुलुश भानुचोक, जनकचोक, जानकी मन्दिर हुँदै रामानन्दचोक पुग्ने रुट निर्धारण गरेपनि नगरका मुख्य सडकहरु हिलाम्मै भएको कारण सहभागीहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नु परेको थियो । कांग्रेसका कार्यकर्ताहरु प्रधानमन्त्री ओलीसंगै संघीय समाजवादी फोरम विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले ओली नेतृत्वको सरकारले लोकतान्त्रिक व्यवस्थालाई बेवास्ता गरेको आरोप लगाउदै उनले ‘सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने संवैधानिक प्रावधानलाई ओली सरकार मान्न तयार छैन ,कांग्रेसलाई बाध्य भएर जनता सामु आउनु परेको छ ’भने !
यसैगरी अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले ओली सरकार आफ्ना नजिकका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई रोक्न खोजेको आरोप लगाउनुभयो ।

 

LEAVE A REPLY