कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डीएलएमा योगेन्द्र

0
34
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रावण १४ चितवन !कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) मा शेरबहादुर देउवा समूहका उम्मेदवार कमजोर देखिंदै डीएलएको १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी अध्यक्ष चुनिएका छन् ,जो सिटौला समूहका हुन् । उनले निकटतम प्रतिद्धन्दी रामचन्द्र पौडेल समूहका सीताराम केसीलाई पराजित गरे भने देउवा समूहका रामकुमार श्रेष्ठ पुछारमा रहे ।
जुन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा विजयी हुँदा महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश उपाध्यक्षतर्फ १ मा मुरारी खनाल, २ मा राजन दाहाल, ३ मा राजु कटवाल, गण्डकीमा फणिन्द्र कोइराला, ५ मा गोर्कणसिंह थापा, कर्णालीमा खड्का सिजापति र र ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

LEAVE A REPLY