डा केसीको विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने : विवेकशील साझा पार्टी

0
27
https://youtu.be/qX9p3Ao5dLE

आजकोकुरा:श्रवाण १३ काठमाडौँ !चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने विवेकशील साझा पार्टीले जनाएको छ ।

डा. केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट सो पार्टीले पारेको होछ । आफ्ना पार्टीका तर्फबाट सरकार र केसी पक्षको वार्तामा अधिवक्ता एवं पार्टीको अभियान विभागका सदस्य ओमप्रकाश अर्यालले व्यक्तिगत हैसियतमा सहजीकरण गरेकामा त्यसबारे गलत सन्देश प्रवाह गरिएको दाबी समेत पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले गरे ।

“वार्ता र सहमतिका लागि हाम्रो पार्टीको कुनै अडान थिएन । हामीले पार्टीको व्यानर लिएर सडकमा गएका पनि थिएनौँ । यस्ता विषयलाई राजनीतिक लाभका रुपमा कुनै पनि दलले उपयोग गर्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ ।” प्रवक्ता डा सूर्यरा आचार्यले भनेका छन् ।

 

LEAVE A REPLY