४ अर्बको ऋणपत्र बिक्री गर्न इन्भेष्टमेन्ट बैङ्कद्वारा बोर्डमा आवेदन

आजकोकुरा : असोज ८,काठमाडौं । ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेपाल इन्भेष्टमेन्ट बैङ्कले बिक्री गर्ने भएको छ । बिक्री अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा बैङ्कले आवेदन दिएको छ ।

यस बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्य १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला रहनेछ।साथै बाँकी २४ लाख इकाई सङ्घसंस्थालाई बिक्री गरिनेछ ।
यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ भने बैङ्कले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ भने नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

LEAVE A REPLY