हामि पनि केहि गर्न सक्छौ भन्ने उदाहरण दिन चाहान्छौ :नेपाल होचा पुड्का संघ

अब हामि कोहि कलाकार छौ,कोहि पत्रकार छौ,कोहि सानो उधोगपति छौ भने हामीलाई किन हेप्नु?

आजकोकुरा:आश्विन ११ ,काठमाडौं । हाम्रो समाज अझै रुप ,पैसा र लगाएको पोशाकमा केन्द्रित छ ! गफ मात्र मान्छेले मन भावनाको गर्ने गर्छन ! यसै प्रसंगमा नेपाल होचा पुड्का संघ सदस्यहरु ‘ कुनै समय राजधानी आउँदा मान्छेले फर्की फर्की हेर्ने ,हास्ने अनि जिस्काउने हेप्ने गरेको ‘ तितो कुरा स्मरण गर्छन ! अझै हाम्रो समाजको सोच बदलिएको छैन ,हामि होचा पुड्का पनि मान्छे हौ भन्ने कुरा सुनाउन-बुझाउन चाहान्छौ पनि उनीहरु भन्ने गर्छन् !
आजभन्दा लगभग १५ वर्ष अगाडि २०६० सालतिर नेपाल होचा पुड्का संघको स्थापना गरेर हामीले हाम्रो आफ्नै उत्थानको लागि संघर्ष अभियान गरिरहेका छौ भन्ने उनीहरुसंग आजकोकुरा डटकमले आज भलाकुसारी गरेका थियौं !
यसै सिलसिलामा आज नेपाल होचा पुड्का संघ अध्यक्ष निर्मल मक्राती,महासचिव लेख बा.मोक्तान तथा कोषाध्यक्ष यसोदा शाहसंग आजकोकुरा गर्दै जाँदा उनीहरु अहिले संघको राष्ट्रिय भेला फाल्गुनमा गर्न गैरहेको बताउंदै यहि आश्विन २५ गते पत्रकार सम्मेलनको तयारि पनि गर्दै गरेको बताउछन् ! अहिले सम्म कुनै संसद,राजनैतिक नेता या सरोकार सस्थाहरुसंग केहि नमागेको बताउदै उनीहरुले अब भने राष्ट्रिय भेलाको लागि सहयोगको आशा र अनुरोध प्रकट गरे ! उनीहरुले अहिले सम्म संघकै मातहतमा १० जना निम्न स्तरको होचा पुड्कालाइ पनि पालिरहेको बताए !
यसैगरी अब देशको सवै होचा पुड्कालाइ आउने राष्ट्रिय भेलामा सहभागी हुन् अनुरोध गर्दै र जो कोहिले पनि यो संदेश होचा पुड्कालाई पुर्याइदिन पनि आजकोकुरा मार्फत अनुरोध पनि गरे !
अब हामि कोहि कलाकार छौ,कोहि पत्रकार छौ,कोहि सानो उधोगपति छौ भने हामीलाई किन हेप्नु?हामि पनि केहि गर्न सक्छौ भन्ने उदाहरण दिन चाहान्छौ भन्ने उनीहरुलाई अझ सफल सम्ब्रिद्दिको लागि आजकोकुरा डटकमको हार्दिक शुभकामना !
बाकि उनीहरुसंगको आजकोकुरा जस्ताको तेस्तै :

 

LEAVE A REPLY