स्वास्थ्य सामग्रीको शिघ्र उचित व्यवस्था गरः संसदीय समिति

आजकोकुराः जेठ १, काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । साथै समिति बैठकले कोरोना रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।

समितिले पीसीआर परीक्षण, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, थर्मलगन लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न सरकारलाई निर्देशन दिएको छ ।

यसैगरि समितिले परीक्षणको दायरा तीब्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन गर्न पनि समितिले सरकारलाइ निर्देशन दिएको छ । त्यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न समेत समितिको निर्देशन छ ।

LEAVE A REPLY