स्वदेशीलाई भुलेर बिदेशी चाम्लिङ्गको चरणकमलमा भुइमान्छेहरु : युवा नेता वलदिप

आजकोकुरा: माघ ६ काठ्माण्डौ ! पछिल्लो समय नेपालमा उग्र अनि गतिलो तवरले ‘पहिचान ‘को आन्दोलन आवाजहरु बुलन्द बन्दै गैरहेको छ ! इतिहासदेखि वर्तमान अवस्था सम्म नेपालि भूमिमा बिभिन्न आदिवासी/जनजाति/दलित नेताहरु आफ्नो हक अधिकार र पहिचानको लागि लड्दै आईरहेको छ ! तर,अझै आदिवासी /जनजाति/दलितहरुको चेतनाको बिकास हुन सकिरहेको छैन युवा नेता बलदिप प्रभाश्वर चाम्लिङ्ग बताउछन् !उनि बिगत २५ वर्षदेखि आदिवासी/जनजाति/दलित मुक्ति आन्दोलन गर्दै अनि मुक्तिका कितावहरु लेख्दै आईरहेका नेता हुन् ! बलदीप राष्ट्रिय जनमुक्ति पार्टिको बुद्दिजिवि बिभाग प्रमुख समेत रहेका छन् !
यसै सिलसिलामा युवा नेता बलदिपले देशमा आफ्नो हक अधिकारलाई जिवन्त दिन लड्नेलाई नदेख्ने ,सहयोग साथ् नदिने तर खोक्रो स्वार्थको लागि चाकडी दर्साउने तवरले बिदेशी मुख्यमन्त्रीलाई चै सम्मान गर्न सिपालुलाइ व्यंग गर्दै उनले आफ्नो आधिकारिक फेशबुक पेज मार्फत ” एउटा चाम्लिङ्ग स्वदेशी र अर्को चाम्लिङ्ग बिदेशी !स्वदेशीलाई भुलेर बिदेशी चाम्लिङ्गको चरणकमलमा भुइमान्छेहरु खुब झुम्मिए र झुम्मिन्छन् !एउटा चाम्लिङ्ग भुत र अर्को चाम्लिङ्ग देवता ! अन्तत:टाढाको देवता भन्दा नजिकको भुत नै काम लाग्ला “लेखेका छन् !
किरात राइ यायोक्खाले खम्बु संवत ५०८०को अवसरमा काठ्माण्डौमा भारतको सिक्किम निवर्तमान मुख्यमन्त्री पवन चाम्लिंगलाई ‘यलम्वरहाङ’ नामक स्म्रीती सम्मान गरेको थियो ! सिक्किम बिकास गरेको भनिएको मुख्यमन्त्री रहदै उनि पछिल्लो पटक नमज्जाले पराजित भएका थिए !नेपालको लागि र नेपालि आदिवासी/जनजाति/दलितको लागि उनको योगदान शुन्य नै रहेको छ !
यसलाई व्यंग गर्दै युवा नेता बलदिपले नेपालि आदिवासी/जनजाति/दलितको चेतना बिकास स्वरुप यस्तो व्यंग पस्किएको देखिन्छ !

LEAVE A REPLY