आजकोकुरा : भदौ २९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार मात्रै तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार मात्रै तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३२० रुपैयाँमा कारोबार भएको छ ।
