सलमान खानलाई २८ सेप्टेम्बरमा अदालतमा पेश हुन आदेश

आजकोकुरा: भदौ ३०, एजेन्सी । सलमान खानलाई कालो हरिण शिकार मामिलामा जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ ।
सोमबार मात्रै सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ ।

सलमान अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा पेश हुनुपर्नेछ । यसमा उनि उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन ।

सन् १९९८ अक्टोबर मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो भने यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो ।

तर, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट दिइएको थियो । सजाय सुनाइएपछि सलमानलाई जेल पठाइएको थियो । हाल उनी जमानतमा बाहिर छन् । सलमानले ट्रायल कोर्टको यो निर्णयलाई चुनौती पनि दिएका छन् ।

LEAVE A REPLY