‘ सयौं तारासँग ‘ विजय आए

आजकोकुरा: माघ ६ काठ्माण्डौ ! वर्तमान अवस्थामा नेपालि कला संगीत/साहित्यको फाँट फराकिलो बन्दै गईरहेको छ ! यस क्षेत्रमा लागिपर्ने कलाकार/साहित्यकार हरु दिनहु सिर्जना पस्किरहेका छन् ! अहिले सामाजिक संजाल मार्फत सार्वजनिक गर्न सरल भए संगै नेपालि बजारमा सयौं गीत संगीत/साहित्य सिर्जनाहरु सार्वजनिक हुन्छन् !
यसै सिलसिलामा नेपालि आधुनिक गीत ‘ सयौं तारासँग ‘बोलको गीत सार्वजनिक भएको छ ! विजय मुकारुङको स्वरमा सजिएको यस गीतको शब्द बाल कुमाए गौतम रहेको छ भने संगीत रमेश सुनुवारको रहेको छ ! संगीत संयोजन पदम बिसीको रहेको छ !
सुमन, सुजा , साहिल ,सलिना ,चन्द्रको रोमान्स रहेको यस गीतको भिडियोमा तिलक रिजालको छायांकन तथा सम्पादन रहेको छ !जुन गीतमा श्रीन्गार कृष्ण सुवेदीको छ भने गीतको शसक्त निर्देशन कृष्ण तामांगले गरेका हुन् !

LEAVE A REPLY