सम्झनाको हत्यारालाई फाँसीको माग गर्दै गहिरो प्रदर्शन

आजकोकुरा : असोज ११, बझाङ । बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको हत्यारालाई कारवाहीको माग गर्दै काठ्माण्डौमा बेजोड प्रदर्शन भएको छ ।

गत बुधबार मात्रै दिउँसो करिब १२ बजे परिवारसँगै बसेर खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा जादै गर्दा उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन्। त्यसपछि नजिकैको मन्दिरमा लगेर उनको बलात्कारपछि हत्या गरियो ।

निर्मला पन्तको हत्यारालाई कारवाही नहुनु अनि त्यस्तै प्रकृतिको अर्को घटना फेरी हुनाले जनआक्रोश अत्याधिक बढेको छ । प्रमुख प्रतिपक्षी दलले त सरकार नै बलात्कारीहरुको संरक्षण गर्न लागेको आरोप समेत लगाएको छ ।

आज यसै सन्दर्भमा माइतीघरमा गरिएको प्रदर्शनमा युवा दलित संघर्ष समिति, नागरिक समाज तथा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । बलात्कारीहरु विरुद्ध कडा कानुन बनाउनका साथै दोषी ठहर भएका बलात्कारीलाई फाँसीको सजायसमेत दिन उनीहरुले माग गरेका छन् ।

LEAVE A REPLY