समान ज्यालाको माग गर्दै पृथ्वीनारायण क्याम्पस पठनपाठन ठप्प

?

आजकोकुरा: माघ १६ कास्की ! पोखरा, पृथ्वीनारायण क्याम्पसको पठनपाठन तीन दिनदेखि ठप्प नै भएको छ ।१४ वर्षदेखि दैनिक ज्यालादारीमा अध्यापन गराउँदै आएका आंशिक शिक्षकहरूले समान ज्यालाको माग गर्दै अनिश्चितकालीन क्याम्पस बन्दको घोषणा गरेर पठनपाठन ठप्प पारेका छन् ।
शिक्षकहरूको आन्दोलनको विरोध गर्दै अर्कोतर्फ पठनपाठन सुरुआत गर्न माग गर्दै विद्यार्थीले पनि आन्दोलन थालेका छन् ।

क्याम्पसका विधार्थीहरुले समस्या समाधान गर्न पठनपाठन ठप्प पार्न नहुने बताउदै पढ्न पाउनुपर्‍यो नि त भनेका छन् ।

यसमा आंशिक शिक्षक विष्णु गौतमले माग सम्बोधन नभएसम्म पढाउन नफर्किने आंशिक शिक्षकहरूको सहमति भएको सुनाउदै ‘माग सम्बोधन नभएसम्म पढाउन नफर्किने सहमतिसहित आन्दोलनमा उत्रिएका हौँ’, भने ।

आंशिक प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतम २०६३ देखि क्याम्पसमा आंशिक शिक्षकहरूले अध्यापन गर्न सुरुआत गरे पनि ०७६ सम्म आइपुग्दा पनि समस्याको समाधान हुन नसकेको बताए । ‘क्याम्पसको करिब ७० प्रतिशत कक्षाभार हामीले नै सम्हालेका छौँ’, अब दैनिक ज्यालादारीमा पढाउन सक्ने अवस्था रहेन त्यसैले आन्दोलनमा उत्रिएका हौँ ’ उनले बताए !

आंशिक शिक्षकहरूको समस्या लिएर क्याम्पस प्रमुख लगायतको टिम काठमाडौँमा गाएको पनि उनले जानकारी दिए । आफूहरू गुणस्तरीय शिक्षाको पक्षमा उभिँदै आए पनि माथिको निर्णयपछि थप कुरा तय हुने पनि उनले सुनाए ।

साथै उनले ‘कतिपय दरबन्दी खाली छन् । केन्द्रमा पनि ती दरबन्दी पुगिसकेका छन् , यहाँबाट रिक्त भएर गएका दरबन्दीलाई पुनः यहीँ ल्याएर व्यवस्थापन गर्ने । आंशिक शिक्षकको ठूलो सङ्ख्या छ, उहाँहरूलाई पनि विश्वविद्यालयभित्र प्रवेश गराएर आत्मनिर्भर बनाउने । यसरी, पृथ्वीनारायण क्यामपसलाई थप गुणस्तरीय शिक्षा दिने ठाउँ बनाउने हाम्रो उद्देश्य हो ‘ भने ।

क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले टेलिफोन वार्तामा शिक्षकहरूको समस्या लिएर काठमाडौँ आइपुगेका बताए ।

त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्टको उपाधि पाएको पीएनलाई विश्वविद्यालय अुनदान आयोग क्यूएए (क्वालिटी एस्योसेन्स एजेन्सी) पाएको छ । यस क्याम्पसमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

LEAVE A REPLY