सबै बैंकका शाखाहरु अब कात्तिक ७ देखि ११ गतेसम्म बन्द हुने

आजकोकुरा: कार्तिक ४ ,काठमाडौं । पहिले दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक
भने दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् ।

यसपटक कार्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । यस्तै ,नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ ।संघले जानकारी दिए अनुसार बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने छ ।

डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि अनुरोध समेत गरेको छ ।

LEAVE A REPLY