सडकबाटै भयो सार्वजनिक प्रधानमन्त्रीको गिती एल्वम

आजकोकुरा: जेष्ठ २४, काठमाडौ ।शनिबार भक्तपुरमा यौटा अनौठो प्रकारको गिति एल्बम बिमोचन भयो। देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती एल्वम जस्को बिमोचन ७० भन्दा बढि सडक मानवले राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार पारिएको गिति एल्वम बिमोचन गरे। तिनै भक्तपुरका ७० जना भन्दा वढि सडक मानवहरुलाई खाना खुवाउँदै एक पुरुष र एक महिला सडक मानवलाईनै प्रमुख अतिथि बनाएर उनीहरुको हातबाट सार्वजनिक गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल र सुखि नेपाली बनाउँको लागी लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले जानकारी दिए।
गिती संग्रहमा ५ वटा गितहरु समावेश रहेको जसमध्ये स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रस्वास लाई प्रधानमन्त्री केपी ओलीले रचना गरेका हुन भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन। त्यस्तै `हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्याै सुखि खुसी जनता नाँचको´ रमेशकुमार पौडेलले रचना रहेको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन।
त्यसैगरि सम्बृद्ध नेपाल सुखी नेपाली बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन । मुर्झिएका सपनाहरु विउँझायौ तिमिलेलाई रमेशकुमार पौडेलले रचना गरेका छन भने राजेश पायल राईले आवाज दिएका छ्न।
किरण क्रियसनले बजार व्यवस्थापन गरेको गिति संग्रहमा संगित संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भर्नु गरेका छन।

LEAVE A REPLY