शाहीले दिए कुर्मराजलाई सचेतकको नियुक्त

आजकोकुरा: असोज २७ , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् ।

मंगलबार संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

यसरी सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि खाली भएको ठाउँमा मुख्यमन्त्री शाहीले मंगलबार कुर्मराजलाई नियुक्त गरेका हुन् ।

LEAVE A REPLY