लागूऔषध मामिलामा शाहरुख खान पनि मुछिए

आजकोकुरा: असोज १५ ,एजेन्सी । निकाय नारकोटिक्स कन्ट्रोल एनसिबी अनुसार अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अन्तर्गत बलिउडमा लागुऔषध अनुसन्धान गरिरहेको छ। भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरे अनुसार भारतीय चलचित्रका ठूला नायकहरूमा शाहरुखान, अर्जुन रामपाल र डिना मारिया पनि मुछिएको छ।

यसरी लागूऔषधमा पहिलोपटक अभिनेताहरूको नाम पनि जोडिन आइपुगेको हो। रामपालले शाहरुखका लागि लागूऔषध ल्याउने गरेको समाचारमा खुलेको छ। यो खुलासा एनसिबी अधिकारीले दैनिक भास्करलाई गरेका हुन्।

लागूऔषध मामिलामा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपुर, राकुल प्रीत र सारा अली खान पनि यस अघिसम्म मुछिएका थिए।

LEAVE A REPLY