लकडाउन केही खुकुलो

आजकोकुरा: जेष्ठ २९, काठमाडौ ।


आज बाट पहिलो चरणकाे लकडाउन खाेलिने भएकाे छ । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत रहेका छन् ।पहिलाेपटक लकडाउन खुकुलाे पारेकाे छ । गत चैत ११ गतेबाट सुरू भएकाे लकडाउन ७८ दिनपछि खुकुलो बनाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
निजी सवारीसाधन जोर-बिजोर प्रणालीमा निश्चित मापदण्ड पूरा गरी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुने जनाइएकाे छ । उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ। साथै शैक्षिक संस्थाहरू (स्कुल, कलेज), रेस्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल, शपिङ मलजस्ता बढी भीडभाड हुने क्षेत्र पनि तत्काल खाेल्पन पाइने छैन । महाेत्सव, जात्रा, कार्यक्रम पनि गर्न पाइने छैन । अन्तर्राष्टिय उडान समेत खुल्ने छैनन् साथै लामाे दूरीका सवारी भने तत्काल खुल्ने छैनन्
के के मा सहज भयो त ?
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

LEAVE A REPLY