राष्ट्र सेवा गर्ने कसम खाने कर्मचारिको कमाइ २६करोड

आजकोकुरा: जेठ ७ , काठमाडौं । ३६ वर्ष सरकारी सेवा गरेर अधिकृतबाट रिटायर्ड एक कर्मचारीले सेवा अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आर्जन गरेकाे पाइएकाे छ ।
०३९ मा गाविस सचिवको रुपमा सेवा प्रवेश गरेर अधिकृत हुँदै अवकास पाएका ऋषिराम अर्यालले आफ्नो जागिरे अवधिमा यति धेरै रकम आर्जन गरेका छन्  ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए अनुसार आयोगले गरेको अनुसन्धानका क्रममा उनले पद र अधिकार दुरूपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको  फेला परेको हो   ।

आयोगका अनुसार अर्यालले जागिरे अवधिमा आर्जन गरेको २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आम्दानी गरेको भेटिएको मध्य यसमा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रूपैयाँको मात्र स्रोत खुलेको छ । र , बाँकी १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रूपैयाँको भने कुनै स्रोत खुलेको छैन ।
यसरी आफ्नो जागिरे अवधिमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि मंगलबार उनीसहित उनका छोरा, श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

अर्यालले आफ्नो जागिरे कालखण्डमा देशका विभिन्न भागमा काम गर्ने मौका पाएका थिए ।
राष्ट्र सेवा गर्ने कसम खाएका अर्यालले सरुवा भएर जहाँ पुग्यो, त्यही घर तथा घडेरी जोडेको पाइएको छ । घर र घडेरी जोड्न उनले आफ्नो शक्तिको भरपुर दुरूपयोग गरेको अख्तियारको भनाइ रहेको छ ।

LEAVE A REPLY