मेरो भगवान भनेको मान्छे हो भन्दै गीतकार बान्तुले नगद सहयोग बाँडे

आजकोकुरा: जेठ ५ललितपुर । ‘धनपबित्र दान गरे,मन पबित्र कर्म गरे ‘भने झै कोभिड१९कोरोना भाइरस माहामारिको यो लकडाउन आपतकालिन समयमा सर्बसाधरणको पीडालाई हेरेर विचारसिल बन्दै  चर्चित गीतकार तथा कवि अमर बान्तुले नगद सहयोग गरेका छन् ।
सोमबार ललितपुर जावलाखेल एभिएम चोक वरपरका सर्बसाधरणलाइ बान्तुले जनही तीन हजारको दरले लगभग ५०जनालाइ नगद सहयोग गरेका हुन् ।
‘ फुस्रो धर्म गर्न मान्छे मन्दिर जान्छन, यो बेला कोहि पनि भोको हुनुहुन्न ,मेरो भगवान भनेको मान्छे हो,तपाइहरु नै हो ‘भन्दै कवि बान्तुले प्लिज मेरो फोटो ,भिडियो नखिच्नुस ,मलाइ भाइरल हुनु छैन समेत ‘ भनेका थिए ।
साथै उनले ‘ यो देशमा ४किलो चामल बाडेर फोटो ,भिडियो सेल्फी खिच्नु लाजमर्दो र गलत पनि हो ‘भनेका छन् ।
साहित्य सिर्जना मात्रै होइन सामाजसेवि समेत भनेर परिचय बनाएका बान्तुले दुर्गम गाउँ ठाउँ को लागि शिक्षा र खेलकुद क्षेत्रमा समेत ठूलो आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

https://m.facebook.com/story.php?story_fbid=2633336460215126&id=100006163926606

LEAVE A REPLY